Logo

चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ



Spread the love

११ पुस, काठमाडौं । कैलालीमा चितुवाको छाला र हड्डीसहित ३ जना पक्राउ परेका छन्।

 सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार पक्राउ पर्नेमा डोटीको जोरायल गाउँपालिका–४ का ३१ वर्षीय किरन पुन, आदर्श गाउँपालिका–५ लामीखालका ३५ वर्षीय वीरबहादुर धामी र २२ वर्षीय योगेन्द्र धामी रहेका छन् ।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई चितुवाको छाला र हड्डीसहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि चितुवाको छाला र हड्डीसहित डिभिजन वन कार्यालय धनगढीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्