Logo

प्रेस सेन्टर सल्यानको अध्यक्षमा दिपसागर भण्डारी निर्वाचित



प्रेस सेन्टर नेपाल जिल्ला शाखा सल्यानको अध्यक्षमा टिकाराम भण्डारी ‘दिपसागर’ सर्वसम्मत निर्वाचित भएका छन् ।

सल्यानको श्रीनगरमा भएको भेलाले एकाइस सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा नरेन्द्र वलि, उपाध्यक्षमा हिमाल शर्मा,समावेशी उपाध्यक्षमा सरिता चलाउने, सचिवमा महेश कुमार वलि ‘समीर श्री’, सहसचिवमा प्रकाश शर्मा, समावेशी सह सचिवमा नोखिराम थापा र कोषाध्यक्षमा बल बहादुर वलि निर्वाचित भएका छन् ।

साथै सदस्यहरूमा कृष्ण बस्नेत, शिखर के.सी., डम्बर बहादुर शाही, महेश वलि, मनोज देवकोटा, रामसिङ्ग डि.सी., कबिराज खड्का, मित्रलाल सुनार, नवीन बिक, पुष्कर बिक र क्षेत्र बहादुर चन्द रहेका छन् । भेलाले पछि दुई जना सदस्य थप्ने छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज नेब बहादुर कवर ’बिबेक’, जिल्ला संयोजक निम बहादुर केसी ‘अरुण’, जिल्ला सम्मेलन आयोजक समिति सदस्य मान बहादुर मल्ल, प्रेस सेन्टर नेपाल सल्यानका फ्याक्सन इन्चार्ज भीम कुमाखी, माओवादी केन्द्र बागचौर नगर कमिटी संयोजक जनक घर्ती लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

यस अघि नै जिल्ला पार्टीले संगठनको साधारण सदस्यता नरहने गरि निष्कासन सहितको कारबाही गरिसकेका संगठनका अध्यक्ष दिपक शर्मालाई भेलाले अनुमोदन गरेको छ ।

संगठनका वरिष्ठ उपाध्यक्ष नरेन्द्र वलिको अध्यक्षतामा भएको बिस्तारित भेलाले सल्यान जिल्लाका प्रत्येक नगरपालिका र गाउँपालिका स्तरीय उपसमितिहरू निर्माण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्