Logo

सनीसको नयाँ गीत ‘तिम्रो बानी परेछ’ मा एलिजा र सनिसको मस्ती



Spread the love

काठमाडौं ।  ‘द भ्वाइस अफ नेपाल’ बाट एकाएक चर्चा परिचर्चा बटुल्न सफल गायक सनीस श्रेष्ठ र चर्चित नायिका तथा मोडल  एलीजा गौतमको नयाँ गीत ‘तिम्रो बानी परेछ’ साइपाल कृयसनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

दधि अधिकारिको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । उक्त गीतमा चर्चित गायक सनीस श्रेष्ठको स्वर रहेको छ ।  भिडियोमा सनिस र एलिजा रोमान्टिक मोडमा देखिएका छन् ।

 भिडियोमालाई गोपाल रसाइलीले एरेन्ज गरेका छन्।  अभेस बज्राचार्यद्वारा गरेको भिडियोलाई माधव बेलबेसेले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई प्रहील कार्कीले निर्देशन गरेका छन् । 

भिडियो हेर्नुहोस् : 

https://youtu.be/KMEADHpuneA

प्रतिक्रिया दिनुहोस्