Logo

मुर्दा उठेर चितामा बस्यो, मलामीहरूको भागाभाग



Spread the love

११ पुस, एजेन्सी । जलाउनका लागि तयार पारिएको मुर्दा अचानक उठेर चितामा बसेको छ । भारतको भारतको ओडिसाको गंजाम जिल्लामा भएको यो घटना अहिले भारतभर निकै चर्चामा छ ।

जलाउनका लागि तयार पारिएको मूर्दा चितामा गएर बसेपछि सबै मलामीहरू भूत भन्दै डराएर भागेका थिए । त्यहाँ भएका कसैले एक चिकित्सकलाई खबर गरे । उनीहरुले मृत भनिएका ती व्यक्ति सीमान्चक मलिकलाई अस्पतालमा पुर्याए ।

भारतीय मिडियाका अनुसार अहिले ती व्यक्तिको स्वास्थ्य अवस्था स्थिर छ । जंगलमा बाख्रा चराउन गएका मलिक आइतबारसम्म घर नआएपछि खोज्न गएका व्यक्तिहरुले उनी मृत भएको भन्दै घाटमा पुर्याएका थिए ।

उनी बेहोस भएको चिकित्सकहरूले बताएका छन् । ज्वारो आएका कारण उनी बेहोस भएर निकै सिरियस कन्डिसनमा पुगेको चिकित्सकहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्