Logo

नवआगन्तुक सिडिओको पहिलो कार्य आफ्नै कार्यालय सुधारबाट



Spread the love

९ पुस, गुल्मी । बुधबारदेखी कार्यभार सम्हालेकी गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले आफ्नो पहिलो कार्य आफ्नै कार्यालय सुधारबाट हुने बताएकी छन् । बिहीबार जिल्लाको सञ्चारकर्मीसंगको भेटघाट कार्यक्रममा उनले आफ्नो पहिलो नजर आफ्नै कार्यालय सुधारमा रहेको उल्लेख गरेकी हुन् ।

कार्यालयमा देखिएका त्रुटी तत्काल सच्याउँदै जिल्लामा रचानात्मक कार्य गर्ने उनको भनाइ रहेको छ । भेटघाट तथा छलफल कार्यक्रममा सञ्चारकर्मीहरुले आफ्ना जिज्ञासा तथा सुझाव प्रमुख जिल्ला अधिकारी समक्ष राखेका थिए ।

जिल्लाका राजनीतिक दलका नेता तथा सरोकारवालासँग छलफलमै रहेको र जिल्लाको अवस्था अनुसार आँफु अगाडी बढ्ने उनले बताइन् । जिल्लामा शान्ति तथा सुव्यवस्था कायम गर्न सबैको सहयोग महत्वपूर्ण हुने भन्दै सोको लागि आग्रह समेत गरेकी छन् ।

शर्मा गुल्मी जिल्ला कै पहिलो महिला सिडिओ हुन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्