Logo

टिकटक स्टारको नयाँ गीत “माया जालैमा”



Spread the love

काठमाडौं । टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । कतै घुम्नजादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिक–टक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् ।

यस्तैबाट निकै चर्चा परिचर्चा बटुल्न सफल मोडल सुधिर श्रेष्ठ, पुरु सिग्देल, स्मारिका र समारिका ढकालले एक साथ अभिनय गरेको नयाँ गीत “माया जालैमा” युट्युबमार्फत सार्वजनिक भएको छ ।

मुकुन्द कोइरेलाको शब्द रहेको गीतमा दीपकराज बिश्वकर्माले संगीत भरेका छन् भने बिश्वकर्माले नै एरेन्ज गरेका छन् । उक्त गीतमा चर्चित गायिका समिक्षा अधिकारी र नारायण थापाको स्वर रहेको छ ।

उक्त गीतमा माया प्रेमका भावनालाइ प्रस्तुत गर्न खोजिएको छ । उत्सव दाहालद्वारा छायांकन भएको भिडियोलाई बिकाश दाहालले सम्पादन गरेका हुन् ।

केशब राज भट्ट(समिर)ले कोरियोग्राफि गरेका छन् । उक्त भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्