Logo

अन्जु पन्तले ‘मैले रुँदा’ आकाश र समीक्षा रोमान्स



Spread the love

काठमाडौं । पछिल्लो समय निकै चर्चामा रहेका नायक आकाश श्रेष्ठ र मोडेल समीक्षा पोखरेलले एक साथ अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘मैले रुँदा’ बोलको गीत सार्वजनिक भएको छ ।   

ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा आकाश र समीक्षासँगै आलिसा बास्तोला, प्रवीण डिसी, आरध्य खड्का, तपस अधिकारीलगायत कलाकारको अभिनय देख्न सकिन्छ l 

हिरा काजी थापाको शब्द रहेको गीतमा नागेन्द्र श्रेष्ठले संगीत भरेका छन् भने चर्चित गायिका अन्जु पन्तको स्वर रहेको छ l उक्त चाँद सिंहले एरेन्ज गरेका छन् । 

मायालुलाई मन दिएपछि मायालु बेइमान हुँदा एउटा प्रेमीको जीवनमा कस्तो असर पुग्छ, प्रेमी घरको न घाटको बन्न पुगेको प्रेम वियोगान्त विषयलाई कलात्मक तरिकाले गीतको भिडियोमा देखाइएको छ ।

उत्तम हुमागाईद्वारा छायांकन गरेका भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन्। गौरव गिरीको कोरियोग्राफी रहेको छ । उक्त भिडियोलाई हिरा काजी थापाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/6RnDbBPvsnU

प्रतिक्रिया दिनुहोस्