Logo

गुल्मीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु दुई घाइते



Spread the love

५ पुस, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मुसिकोट नगरपालिका पाँचकी अन्दाजी ३५ वर्षीया पार्वती विक रहेकी छन् ।
त्यस्तै, सवारी चालक सहित अन्य एक जना घाइते भएका छन् । उनिहरुको पहिचान हुन सकेको छैन ।

सवारी चालको अवस्था गम्भीर रहेको र जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको बताइएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका वामिटक्सारबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ त ११०० नम्बरको ट्याक्टर मुसिकोट नगरपालिका चारको तल्लो पानीमा दुर्घटना भएको वडा अध्यक्ष ओम प्रकाश केसीले सल्लेरी खबरलाइ बताए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्