Logo

गुल्मीका वडाध्यक्षले महिलाको खुट्टा भाचिने गरि कुटे, वडाध्यक्ष प्रहरी हिरासतमा



Spread the love

५ पुस, गुल्मी । गुल्मीका एक जनप्रतिनिधिले महिलामाथी हातपात गरेको गम्भीर आरोप लागेको छ ।
जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर तीन का ५१ वर्षीका विष्णु श्रीसले सोहि वडाकी ३३ वर्षीया अमृता नगरकोटीलाई हातपात गरेको आरोप लागेको हो ।

शुक्रबार राती मदिरा सेवन गरेर महिलाको घरमा गइ वडा अध्यक्षले हातपात गरेको पीडित परिवारको भनाई रहेको छ । वडा अध्यक्षको हातपातबाट महिलाको खुट्टा भाचिएको र गुल्मी अस्पतालमा उपचार गरिएको बताइएको छ ।

त्यस्तै, वडा अध्यक्ष विष्णु श्रीसलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ ।

हिरासतमा राखी सार्वजनिक मुद्दा अन्तर्गत शान्ति सुरक्षा खललको मुद्दा चलाएर अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्