Logo

मेलम्चीको खर्चमा मन्त्री घुम्दैछन्न बिदेश



Spread the love

मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमण जान लागेका छन् । कुनै विशेष कार्यक्रम नभए पनि पदावधि सकिनलागेका बेला उनी आयोजनाको खर्चमा अर्को साता स्पेन जान लागेका हुन् । मन्त्री यादवको एक साता विदेश भ्रमण प्रस्ताव मन्त्रिपरिषद बैठकले स्वीकृत गरिसकेको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भिआइपीको विदेश भ्रमण सम्बन्धित देशका निकायको निम्तोमा हुने भए पनि मन्त्री यादवको भ्रमण सरकारी नभई व्यक्तिगत हुनेछ । मन्त्रालयका एकक सचिवले भने,

-मन्त्री नै विदेश जानुपर्ने कुनै औपचारिक कार्यक्रम छैन ।

-कार्यक्रम नै नभए पनि घुमफिरका लागि मेलम्ची आयोजनाको खर्चमा उहाँ घुम्न जान लाग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्