Logo

प्रताप र रचनाको ‘गूड्डु लव यु’ सार्वजनिक



Spread the love

काठमाडौं । चर्चित गायिक प्रताप दाश र गायिका रचना रिमालको स्वरमा रहेको ‘गूड्डु लव यु’ प्रतापकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

गीतको मुख्य भूमिकामा प्रतीक उप्रेती र प्रतिभा सेन फिचर्ड छन् । एक सामान्य जीवन यापनका लागी आफ्नै सामान्य व्यापार गरिरहेका युवा युवतीको एक अर्का प्रतिको भावनालाई देखाइएको गायक प्रताप दाश बताएका छन् ।

प्रवीण भट्टको शब्द रहेको गीतमा कृष्ण बि.क (भान्जा)ले संगीत संयोज र संगीत स्वयम् आफै भरेका छन् ।

नवराज उप्रेतीद्वारा छायांकन गरेको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । बिपी फिल्म्स नेपालको प्रस्तुति रहेको गीतलाई सागर बाबु भट्टले निर्देशन रगरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/1OkxEC62hVM

प्रतिक्रिया दिनुहोस्