Logo

गरिमालाई बलेले साइकलमा रोमान्टिक मुडमा गुमाउँदै



Spread the love

काठमाडौं । युवा पुस्ताले निकै रुचाएका चर्चित गायिका तथा गायक प्रबिण बेडवाल र समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत “लाइदेउ माया” एरीना इन्टरटेन्टमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गणेश उप्रेतीको शब्द रहेको गीतमा पुरुशोत्तम न्यौपानेले संगीत भरेका छन् भने न्यौपानेले नै एरेन्ज गरेका हुन् ।


गीतको मुख्य भूमिकामा हास्य कलाकार सागर लम्साल ‘बले’ र गरिमा शर्मासंगै सपना ताम्राकार, गणेश उप्रेतीको पनि अभिनय देख्न सकिन्छ ।

बले र गरिमा पहिलो पटक यस गीतमार्फत प्रेम जोडीको रुपमा देखिएका छन् । यो गीतले दर्शकको मन मुटुमा बस्न सफल हुने संगीतकार पुरुशोत्तम न्यौपानेले बताएका छन् ।

नवराज घिमिरेद्वारा छायांकन गरेको भिडियोलाई शक्ती प्रजोल घिमिरेले सम्पादन गरेका हुन् उक्त भिडियोलाई प्रबिन थापाले कोरियोग्राफी गरेका छन् । भिडियोलाई शक्ति प्रज्वल घिमिरेले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नको लागि यहाँ क्लिक :

https://youtu.be/ZUoIksVS_t8

प्रतिक्रिया दिनुहोस्