Logo

प्रभावशाली सेलिब्रेटीको शीर्ष स्थानमा नेहा कक्कड



Spread the love

एजेन्सी। भारतीय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटीको सूचीको शीर्ष स्थानमा परेकी छिन्।

उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेकी हुन्। फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो स्थानमा पुगेकी हुन्।

उनले लेखेकी छिन्, “स्वयंप्रति निकै गर्वान्वित छु । तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हिस्सा म पनि भएको छु । धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।”

धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।’ इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहाको हालै मात्रै गायक रोहनप्रित सिंहसँग विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्