Logo

नाजिर र पवनको नयाँ गीत ‘चाकान चुकुन्’



Spread the love

युवा पुस्ताले निकै नै रुचाएका नायक नाजिर हुसेन तथा हास्य कलाकार पवन खतिवडाले एकसाथ अभिनय गरेको नयाँ गीत ‘चाकान चुकुन्’ केन्द्र मोशन पिक्चर्समार्फत सार्वजनिक भएको छ ।

शंकर अधिकारी ‘घायल’ को रहेको गीतमा गायक बाबुल गिरीले संगीत भरेका छन् । उक्त गीतमा गायक तथा संगीतकार बाबुल गिरी र नित्य शिवको आवाज रहेको छ भने गायक बाबुलले नै गीतको एरेन्ज स्वयं गरेका छन् ।

भिडियोको मुख्य भूमिकामा नायक नाजिर र पवन ‘म्याकुरी’ सँगै लक्ष्मी बर्देवा ,सुनिल थापाको अभिनय रहेको छ ।

गीतमा नाजिर र पवन दुध बेच्ने केटाको भूमिका निभाएका छन्। दुध बेच्ने क्रममा साहुकी छोरी र नाजिरको माया प्रेम बस्छ र उनीहरुको सम्बन्ध केटीको वुबालाई मनपर्दैन । सधौँ भने गर्थे दुध बेच्नेको के औकात छ । भनिरहदा केटीको मन दुख्थो तर त्यस्तो भन्दा पनि उनीहरुको मायालाई कसैले अलग गर्न सकेन् । उनीहरुको बीचमा जस्तो बाधा अर्चन आएपनिपछि हटेन् । उनीहरुको माया बेहेमा परिणत भएको गीतमा देखेको छ ।

चक्र बासूँ बरालद्वारा छायाङ्कन गरेको भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् भने सियोन श्रेष्ठको कोरीयोग्राफी रहेको छ। उक्त भिडियोलाई सुरेन्द्र मल्लको निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो :

https://youtu.be/eYb8DhnREd4

प्रतिक्रिया दिनुहोस्