Logo

मुटु रोग भए नभएको कसरी थाहा पाउने ?



Spread the love

एजेन्सी । शरीरको हरेक भागमा रक्त सञ्चालन गरेर फे री मुटु सम्म पठाउनको लागि हाम्रो शरीरलाई बलियो पम्प (मेशिन) को आवश्यकता पर्दछ ।

धमनीहरु/नसाहरु(Arteries) खुम्चिए वा साँघुरीए भने प्रर्याप्त मात्रामा रगत मुटुसम्म पुग्न पाउदैँन र मुटु कमजोर हुन्छ । यदि मूटु कमजोर छ भने यसले पर्याप्त मात्रामा रक्त सञ्चार गर्न सक्दैँन र मुटुले धेरै परिश्रम गर्नुपर्ने हुन्छ ।

मुटुरोग प्राणघातक रोग हो र समयमै उचित उपचार (Treatment) नहुनु यसको जटिलताको (Complication) प्रमुख कारण मानिन्छ ।

प्रायः गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटुरोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुटुरोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्ने विज्ञहरु बताउँछन् ।

  • छातीको बिचको भाग दुख्नु
  • दम बढ्नु, खुट्टाहरु सुन्निनु
  • हात, खुट्टा, ओठ आदि झट्का दिदै अनियन्त्रितरुपमा चल्नु
  • छातीमा हात राख्दा बिरालो कनेको जस्तो थर्केको महसुस हुनु
  • छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने- छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकका रुपमा लिइन्छ । त्यसैले यदि तपाइँलाई यस्तो भैरहन्छ भने त्यसलाई हल्का रुपमा नलिनुस् ।
  • वाकवाक लागिरहने- नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुनसक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यस्तो भएको हुनसक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसूस हुने जस्ता लक्षण खतराका सूचक हुनसक्छन् ।
  • बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने- यदि तपाइँलाई बोल्दाखेरि अप्ठेरो महसुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्