Logo

गायक खेम सेन्चुरीले ल्याए फेरी नयाँ गीत ‘धोबी बगर’



Spread the love

काठमाडौं । लोक सांगितिक क्षेत्रमा पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायक खेम सेन्चुरी र पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल बालगायिका रबिना बसेलको आवाजमा रहेको नयाँ गीत “धोबी बगर ” शुभारम्भ डिजिटल म्युजिक युट्युबमार्फत सार्बजनिक भएको छ ।

गायक सेन्चुरी र बालगायिका रबिनासँगै अमृत सापकोटा, आयुष गौतम, ओम सेन्चुरी लगायतको गीतमा स्वर रहेको छ ।

भिडियोको मुख्य भूमिकामा गीता ढुंगाना, आयुष गौतम, रबिना बसेल, ऐश्वर्या सुनुवार, उपशाना शाक्य लगायत कलाकारको अभिनय रहेको छ ।

उनले एक पछि अर्को राम्रो गितहरु नेपाली बजारमा ल्याएर दर्शकको रोजाइमा पर्न सफल भएका छन् भने अहिले फेरी युवा पुस्ताको माया प्रेमलाई गायक सेन्चुरी गीत मार्फत प्रस्तुत गरेका छन् ।

नेत्र अर्यालको शब्द रहेको छ । सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल गायक खेम सेन्चुरीले नै संगीत भरेको छन् भने बिनोद बाजुरालीले एरेन्ज गर्नु भएको छ ।

दीपक गिरीद्वारा छायांकन भएको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन्। उक्त भिडियोलाई सुनिल छेत्रीले नै कोरियोग्राफि र निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/TLPyHIZRvFk

प्रतिक्रिया दिनुहोस्