Logo

यी ५ कारण जसले हर्ट अट्याक निम्त्याउँछ!



Spread the love

एजेन्सी। हाम्रो अस्वस्थ जीवनशैली, मोटोपन, उच्च रक्तचाप जस्ता कारणहरुले नै हृदयघातको जोखिम बढाउँछ । त्यसैले हृदयघातको खतरा कम गराउन आफ्नो जीवनशैली परिवर्तन गर्नु अत्यन्तै आवश्यक छ ।
दम
यदि कसैमा फोक्सोको समस्या छ भने हृदयघातको खतरा पनि ७० प्रतिशत बढी हुन्छ । जब स्वास फेर्दा अत्याधिक कठिन हुन्छ तब हृदयघातको खतरा बढी हुन्छ ।
रुघाखोकी
प्रतिरोधात्मक प्रणालीले लगातार ज्वरो र रुघाखोकीको समस्या झेलिरहेको हुन्छ ।
निन्द्राको कमि
निन्द्रा पुगेन भने मानिसलाई थकान, चिडचिडाहट जस्ता समस्याहरु देखा पर्न थाल्छन् । यसले हृदयघातको खतरा पनि बढाउँछ ।
माइग्रेन
माइग्रेनको समस्यामा आधा टाउको दुख्ने गर्छ । माइग्रेनपीडितहरु अन्य मानिसहरुको तुलनामा हृदयघातको खतरा धेरै हुन्छ ।
वायु प्रदुषण
वायु प्रदुषणको स्तर बढेसँगै हृदयघातको समस्या पनि बढ्छ । धेरै धुलो र फोहोरमा स्वासप्रस्वास लिँदा मुटुको खतरा धेरै हुन्छ ।

प्रतिक्रिया दिनुहोस्