Logo

चीन र भारतका राष्ट्रपतिलाई नेपाल ल्याउन उपप्रधानमन्त्री निधी भारत र महरा चीन जादै



Spread the love

china-india-president

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरालाई विशेष दूतका रूपमा दुई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ ।

बैठकले उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिलाई भारत तथा अर्का उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका उपप्रधानमन्त्री महराले छिट्टै भारत र चीन जाने बताए ।

सरकारका प्रवक्ता मन्त्री महराले किन दूत पठाउन लागिएको हो भन्ने विषयमा केही प्रष्ट जबाफ नदिए पनि स्रोतका अनुसार यो निर्णय दुवै देशका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणलाई सुनिश्चित गर्ने प्रयासका लागि गरिएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोजमा नेपाल आउने विचारमा छन् । काठमाडौँमा रहेको चीन सरकारको थिंक ट्यांक मानिने चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्सका अध्यक्ष जी झेईले आउने प्रष्ट सन्देश प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार भेटमा दिएका थिए ।

असोज ३ गते मनाइने संविधान दिवसको अवसर पारेर भारतीय राष्ट्रपति प्रणव मुखर्जी पनि नेपाल आउने सम्भावना बलियो रहेको छ ।
उपप्रधानमन्त्रीद्वयले प्रधानमन्त्री प्रचण्डको दुवै देशको भ्रमणको बिषयमा पनि कुरा गर्नेछन् ।
यदि दुवै राष्ट्रपतिलाई नेपाल भ्रमण गराउन सके सरकारले ठुलो कुटनितिक सफलता हात पार्नेछ ।

प्रतिक्रिया दिनुहोस्