नेकपा (माओवादी केन्द्र) निकट अखिल(क्रान्तिकारी)ले कठ्यांग्रिदो जाडो र सितलहरबाट जोगिनाका लागि सप्तरीमा ३ सय परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
राजविराज नगरपालिकाको वडा नंं १३ को विसहरिया टोल र तिरहुत गाउँपालिकाको लोहजारा टोलका १५०/१५० पीडित परिवारलाई न्यानो कपडा वितरण गरिएको अखिल(क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्लले सल्लेरी खबरलाई जानकारी दिएका छन् ।
कार्यक्रममा प्रत्येक परिवारलाई एक–एक वटा कम्वल र ज्याकेट वितरण गरिएको थियो । विसहरिया, लोहदरा र मलेठ्का मुसहर र डोम बस्तीमा राहत वितरण गरेर क्रान्तिकारीको टोली फर्केको छ ।
अखिल(क्रान्तिकारी)का पूर्व अध्यक्ष रमेश मल्ल, अखिल (क्रान्तिकारी ) का अध्यक्ष रन्जित तामाङ, माओवादी केन्द्र सप्तरी पार्टी इन्चार्ज अशोक मण्डल, महेश यादव लगायतको विशेष उपस्थिति, अखिल (क्रान्तिकारी ) का उपाध्यक्षत्रय सुरेन्द्र बस्नेत, विजय गौतम, इन्द्र भुषाल, सचिवद्वय गजेन्द्र देव, सुर्यनारायण शाह, केन्द्रीय सदस्य तथा सिन्धुली अध्यक्ष उत्तम पहाडी लगायत सप्तरी जिल्लाका नेता कार्यकर्ताको उपस्थितमा न्यानो वितरण गरेको क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले सल्लेरी खबरलाई बताए ।