Logo

महिलाहरूको तुलनामा पुरुषहरू धेरै खुशी हुन्छन् – अध्ययन



Spread the love

एजेन्सी। नेपालमा महिलाहरूको तुलनामा पुरुषहरू धेरै खुशी हुने तथ्यांकले देखाएको छ। केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल वहुसूचक सर्वेक्षण, २०७५-७६ अनुसार, सोही उमेर समूहका महिलाहरूको तुलनामा पुरुषहरू धेरै खुशी हुने गरेको पाइएको छ ।

१५ देखि ४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत महिला र ६४.७ प्रतिशत पुरुषहरू धेरै खुसी वा केही हदसम्म खुशी हुने गरेको पाइएको छ ।

यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका ६८.० प्रतिशत युवतीहरू र सोही उमेर समूहका ६९.६ प्रतिशत पुरुषहरू धेरै खुसी हुने गरेको अध्ययनले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्