Logo

समीक्षा र सरोजको ‘त्यस्तै त्यस्तैमा’



Spread the love

काठमाडौं। पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल गायिका समीक्षा अधिकारी र गायक सरोज साजन श्रेष्ठको स्वरमा रहेको नयाँ गीत ‘त्यस्तै त्यस्तैमा’ युट्युबमार्फत सार्वजनिक भएको छ ।

उक्त गीत युवा र युवती बिचको प्रेम, मन परेको मानिसलाई फकाउनका लागि युवकले गरेको विभिन्न तरिकालाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोको मुख्य भूमिकामा सुधीर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री र रुविसा श्रेष्ठको अभिनय रहेको छ भने महाराज थापाले एरेन्ज गरेका छन् ।

यादव लम्सालको शब्द रहेको गीतमा चर्चित संगीतकार तथा गायक अर्जुन पोखरेलले संगीत भरेका छन् ।

उत्सव दाहालद्वारा छायाँकन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोलाई विधान कार्कीको निर्देशन गरेका छन्।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नहोस् :

https://youtu.be/w1LDozvtEr0

प्रतिक्रिया दिनुहोस्