Logo

सुदूरपश्चिम विश्वविद्यालयमा हल्ट प्राईज २०२०/२१ आयोजना हुँदै



Spread the love

१८ मंसिर, काठमाडौँ । यो वर्ष पश्चिममै पहिलो पटक सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्टप्राइज २०२०/२१ होस्ट गर्ने भएको छ। यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिन्छ। विजेताहरूका लागि १० लाख अमेरिकी डलर पुरस्कार रहेको छ।

यस वर्षको कार्यक्रमका लागि क्याम्पस निर्देशक प्रेम प्रकाश बुढाथोकी नेतृत्वमा हुनेछन्। साथै यस कार्यक्रमलाई सफल बनाउन उनका टोली सदस्यहरूले सघाउने छन्।

के हो हल्ट प्राइज ?

हल्ट प्राइज ऊर्जावान् युवाहरूका लागि एक अवसर हो, जो एक उद्यमी, व्यापारी नेता हुन कोसिस गर्दछ समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति। यसमा विद्यार्थी समूहलाई सामाजिक व्यवसायसँग सम्बन्धित केही विषय प्रदान गरिनेछ र जुन समूह अन क्याम्पस प्रोग्राममा उत्कृष्ट हुन्छ त्यो समूह अगाडि बढ्ने छ। यस हल्ट प्राइजका सिइओ अहमद अस्कर हुन।

हल्ट बिजनेस स्कुल, हल्ट प्राइज संस्था र संयुक्त राष्ट्र सङ्घसँग आबद्ध भएर खोलिएको हो हल्ट प्राइज। हल्ट प्राइजले विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यावसायिक विचार स्थापना गर्न उचित अवसर दिएको छ एक पुस्ताको नेतृत्व परिवर्तनका लागि। हल्ट पुरस्कार एक खुला प्लेटफर्म हो यसले विद्यार्थीहरूलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन आइडिया दिन्छ। यसमा समाजमा ठुलो मात्रामा प्रभाव पार्ने सोच र बिचारलाई विशेष ध्यान दिइनेछ। यो सामाजिक आन्दोलन विश्वभर हुनुको मुख्य उद्देश्य समाजमा भएका समस्याहरूको उठान र त्यसको समाधान केही फरक ढङ्ग र बिचारबाट गर्ने हो।

अहिलेसम्म शिक्षा, बिजुली, पानी जस्ता विषयमा प्रतिस्पर्धा भइसकेको छ। यसमा हरेक वर्ष विश्वभरिबाट १२१ देशका २,५०० भन्दा बढी विश्वविद्यालयहरूबाट ३ लाख भन्दा धेरै विद्यार्थीले सहभागिता जनाउँदै आएका छन्।

चुनौती कसले र कस्तो विषय छनौट हुन्छ ?

हरेक वर्ष चुनौती अमेरिकाका ४२औँ राष्ट्रपति बिल क्लिन्टनले चुनौती सार्वजनिक गर्ने गरेका छन् र उनले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गरेका छन्। हरेक वर्ष चुनौतीहरू संयुक्त राष्ट्र सङ्घका दिगो विकासका लक्ष्यहरू रहेर घोषण गरिन्छ। प्रतिस्पर्धीहरू यिनै चुनौतीमा रहेर आफ्नो बिजनेस आइडिया प्रस्तुत गर्नुपर्ने छ।

यो वर्षको चुनौती र लक्ष्य ?

यो वर्षको शीर्षक संयुक्त राष्ट्रसङ्घले केही दिन अगाडि मात्र सार्वजनिक गरेको छ। यस वर्ष हल्ट प्राईजले “खानालाई बाँच्नको लागी आवश्यकताबाट समृद्धिको वाहनमा रूपान्तरण गर्ने चुनौती दिएको छ। यसले भोकालाई खुवाउने छ, रोजगारीको सृजना गरी अर्थतन्त्रलाई उत्प्रेरित गर्नेछ। आपूर्ति शृङ्खलाको पुनः कल्पना गर्नेछ। परिणाममा सुधार गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने छ।

कुन विद्यार्थी समूह यसमा भाग लिन सक्छन् ?

यस कार्यक्रममा नेपाल भरीका सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत पर्ने केन्द्रीय र सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरूले भाग लिन पाउने छन्। प्रत्येक क्याम्पस अथवा विश्वविद्यालयहरूमा हुने प्रतियोगिता अथवा सामाजिक आन्दोलनलाई ‘अन क्याम्पस प्रोग्राम’ को नाम दिएको छ। यसमा स्नातक र स्नातकोत्तर तहको विद्यार्थीहरूले ३–४ विद्यार्थीहरूको समूहसँग भाग लिन सक्दछ (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य छैन।

हल्ट प्राईजको चरणहरू के-के छन् ?

यसमा सबै भन्दा पहिला हुने चरण ‘अन क्याम्पस प्रोग्राम’ हो जुन सम्बन्धित विश्वविद्यालय अथवा क्याम्पसमा हुन्छ। ‘अन क्याम्पस प्रोग्रामको’ विजेताले ‘रिजनलको’  लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरूका लागि विभिन्न ट्रेनिङ, वर्कसप र सेमिनारहरू आयोजना गरिने जानकारी यस बिश्वबिद्धालयका हल्ट प्राइजका क्याम्पस निर्देशक प्रेम प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

‘अन क्याम्पस प्रोग्रामको’ विजेताले ‘रिजनलको’ लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्। रिजनलका विजेता ‘एसिलेरेटर’ मा प्रतिस्पर्धा गर्ने मौका पाउने छन्।  र ‘एसिलेरेटर’ का विजेताले ‘ग्लोबल फाइनान्स’मा प्रतिस्पर्धा गर्न पाउने छन्। हल्ट प्राईजको फाइनल मा पुगेको समूहले युएन हेक्वाटरमा गएर आफ्नो ‘बिजनेस आइडिया’ प्रस्तुत गर्ने मौकाको साथ साथै उक्त फाइनल जितेमा आफ्नो उद्यम सञ्चालन गर्न एक मिलियन अमेरिकी  डलर प्राप्त गर्ने मौका पाउने छन्।
यो वर्ष यो प्रतियोगिता अनलाइन माध्यमबाट हुनेछ । अब केही दिनमा प्रतिस्पर्धी समूहले आफ्नो समूह अनलाइन बाटै रजिस्टर गर्ने सक्नेछन् ।। यो कार्यक्रम डिसेम्बर १४ मा हुने भएको छ ।।

कार्यक्रमसँग सम्बन्धित थप जानकारी लिन यस विश्वविद्यालयका क्याम्पस निर्देशकसँग सम्पर्क गरी जुन समयमा पिन लिने सकिने बुढाथोकी बताए। साथै सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूलाई विश्वको सबैभन्दा ठुलो प्रतिस्पर्धाका लागि आफ्नो टिम (३-४ जना) र बिजनेस आइडियाको तयारीमा लाग्न हुन बुढाथोकीले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्