Logo

‘कृष्ण–लीला’ मा पुष्प र श्रद्धाको रोमान्स



Spread the love

काठमाडौं। चलचित्र ‘कृष्ण-लीला’ को छायांकन सुरु भएको छ । गत शुक्रबार झापा पुगेर निर्माण पक्षले चलचित्रको छायांकन सुरु गरेको हो ।

दशैंअघिनै निर्माण घोषणा भएको यस फिल्मको  गएको शुक्रबारबाट छायांकन सुरु भएको हो । फिल्मको छायांकन  पूर्वी नेपालको झापाबाट सुरु भएको छ ।

चलचित्रको छायांकनको सुरुवात गीतबाटै गरिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिएका छन् । यो गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको यस फिल्ममा पुष्प खड्का,श्रद्धा क्षेत्री,बुद्धि तामाङ,रबिन्द्र झा,नवीन रेग्मी,हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय रहनेछ ।

अन्जु पन्त र सुगम पोखरेलको स्वरमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका हुन् । बाबु श्रेष्ठले छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्