Logo

गायक प्रकाश सपूतले ल्याए फेरी मार्मिक गीत ‘फुटेका चुरा’



Spread the love

पछिल्लो समय निकै चर्चा परिचर्चा बटुल्न सफल गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वरमा रहेको ‘फुटेका चुरा’ बोलको गीत प्रकाश सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

गायक सपुतले यो भन्दा पहिला ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘नमस्कार’, ‘बदला’ लगायक गीत सुपर हिट भएका छन् । यिनीहरु गीतबाट निकै राम्रो प्रतिक्रिया पाएका छन् । उनका गीत अहिले नबज्ने ठाउँ छैन् होला सायद, सानो बच्चा देखि बृद्धले पनि उनका गीत गुनगुनाउने गरेको पाइन्छ ।

समाजमा घटेको यथार्त घटनालाई गीतमार्फत उनले यो भन्दा अगाडीको गीत ‘बदला’ नसेलाउदै फेरी अर्को गीत ‘फुटेका चुरा’ बजारमा ल्याएका छन् । उक्त गीत अहिले युट्युबको ट्रेन्डिङ नम्बर १० मा बस्न सफल भएको छ।

 ‘तपाइँहरुले जसरि यो भन्दा पहिलाको गीतहरुलाई रुचाइ दिनु भएको थियो, उसैगरि यो गीतलाई पनि रुचाउनु हुन्छ भने पुरा बिश्वास गरेको गायक प्रकाश सपुतले बताए ।

भिडियोको मुख्य भूमिकामा नायिका नम्रता श्रेष्ठ, कविता नेपाली, निराजन पन्थीसंगै गायक प्रकाश र गायिका अनिताको पनि अभिनय रहेको छ । उक्त गीतमा बाबुकृष्ण परियार, आकाश नेपाली, अमित सुनार, स्मृति शाही, पुस्पा बोहोरा, सुनितामी परियार, अन्जिला रेग्मीले स्वरमा साथ दिएका छन् ।

उक्त गीत गायक प्रकाश राजको रुपमा देखिएका छन् । ‘पाउजुको छम छाम जस्तो, खोलाको कल कल सुनी रहू लागो हरेक पल’, ‘रातिमा करायो झौकिरी दिनेमा भरि चुप बस्यो देखेको एकै नजरमा आँखैमा कान्छीको रुप बस्यो” लगायत यस्तै मन छुने लाइन रहेको छन् ।

गायक प्रकाशको शब्द र संगीत रहेको गीतमा योगेश काजीले एरेन्ज गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन भएको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई गायक प्रकाश सपुतले नै  निर्देशन गरेका छन् ।

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् :

https://youtu.be/A5Glzr2zd24

प्रतिक्रिया दिनुहोस्