Logo

सहकारीद्वारा भैँसी नबेचेको स्पष्ट, बाहिर आएको हल्ला झुट भएको दाबी



Spread the love

१५ मंसिर, गुल्मी । गुल्मीको मालिका गाँउपालिकामा रहेको मालिका कृषि सहकारी संस्था पटक पटक विवादमा आउने गरेको छ । अहिले अर्को सहकारीमा गाभिएको अवस्थामा पनि सोही सहकारी पुनः विवादमा तानिएको छ । सहकारीले भैँसी व्याक्तिलाई बेचेको र गोठ भत्काएको खबर आएपछि सल्लेरी खबरले स्थलगत अध्ययन गरेको थियो ।

सहकारीको पुरा विवरण
तत्कालिन् मालिका कृषि सहकारी संस्थाले तत्कालिन प्रदेश पाँच सरकारको कृषि मन्त्रालय अन्तर्गतको १५ लाख र सहकारीको तीन लाख ७५ हजार गरि कुल १८ लाख ७५ हजारमा गाई ,भैँसी खरिद गर्यो भने भौतिक संरचना समेत निर्माण गर्यो ।

सामुहिक रुपमा गरिदै आएको पशुपालनमा व्यवस्थापन गर्न नसक्दा र बाटोसँगै बिजुलीको सेवा सुविधा नहुदाँ गाउँपालिकाबाट अनुमति लिई गोठ अन्यत्र सारिएको सहकारीले स्पष्ट पारेको छ ।

‘गाईभैँसी बेचियो, गोठ भत्काइयो भन्ने बाहिर आएको हल्ला के त ?’ भनेर सल्लेरी खबरको प्रश्नमा तत्कालीन मालिका कृषि सहकारी संस्थाका अध्यक्ष ओम बहादुर बुढाले भने ‘‘ यो हल्ला मात्रै हो सहकारीका शेयर सदस्य धर्मेन्द्र जिसीलाई व्यवस्थापकीय जिम्मा दिइएको हो । सहकारीकै मातहतमा रहेर काम हुन्छ सहकारीले हरेक दिन निगरानी राख्छ, गोठको समस्याले ठाँउ सारिएको हो ।” उनले अहिले सहकारी अर्को सहकारीसँग गाभिएको समेत जानकारी गराएका छन् ।

यता, वडा अध्यक्ष टीका जिसीलाई किन हरेक वर्ष सहकारी विवादमा आउँछ र विकासका पुर्वाधार नभएको ठाँउमा किन भौतिक संचरना निर्माण गरियो भन्ने प्रश्नमा उनले भने, ‘‘ पहिला मोटर बाटो दिने कुरा थियो, पछि स्थानीयले आफ्नो जग्गाबाट बाटो लैजान दिएनन् । पशुपालनमा समस्या थपिँदै गएपछि हामी गोठ सार्न बाध्य भयौँ । यद्यपी विकासका पुर्वधार भएको ठाउँमा भौतिक संरचना बनाउनु पर्दो रहेछ भन्ने महसुस गरेका छौँ ।” अब बन्ने संचनाको सम्पुर्ण खर्च सहकारीले नै व्यहोर्ने उनले बताए ।

त्यस्तै, भैसी किनेका भनिने व्यक्ति धर्मेन्द्र जिसीले पनि आँफुले भैसी नकिनि व्यवस्थापकीय जिम्मा लिइएको र सहकारीकै मापदण्ड अनुसार चल्ले सम्झौता भएको बताए ।

विकासका पुर्वाधारको ख्याल नगरी भौतिक संचरना बनाउँदा राज्यसँगै सहकारीको रकम सहि सदुपयोग हुन सकेको छैन । स्थानीय तहलाई दुधमा आत्मनिर्भर बनाउने, किसानलाई कृषि पेशा तर्फ अग्रसर बनाउने र सिमलटारीमा दुध डेरी सञ्चालन गर्ने उद्देश्यले यस स्थानमा पशु फर्म सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्