Logo

अब आलिया भट्ट र रणवीर कपूर छिमेकी पनि



Spread the love

एजेन्सी। बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी रणवीर कपूर छिमेकी बनेका छन् ।

हालै आलियाले वास्तुपाली हिल कम्प्लेक्सको पाँचौ तल्ला ३२ करोड भारतीय रुपियाँमा किनेकी छन् । त्यसै कम्प्लेक्सको आठौं तल्लामा रणवीर कपूर पनि बस्दै आएका छन् ।

आलियाको जुहू क्षेत्रमा एउटा फ्ल्याट छ । सन् २०१९ मा उनले उक्त फ्ल्याट १३ करोडमा किनेकी थिइन् । भारतबाहेक लण्डनमा पनि उनको सम्पत्ति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्