Logo

कक्षा ११ को नतिजा सार्वजनिक : कोहि पनि फेल नहुने! यसरी हेर्न सकिन्छ नतिजा!!



Spread the love

राष्ट्रिय परीक्षा बोर्डले शनिवार कक्षा ११ को नतिजा  सार्वजनिक गरेको छ । बोर्डले सबै संकायको ग्रेडिङ प्रणाली अनुसार ११ को नतिजा सार्वजनिक गरिएको यो पहिलो पटक हो । नयाँ प्रणाली अनुसार  कोहि पनि फेल नहुने भएका छन् ।

यसमा ९० देखि एक सयसम्म ल्याउनेको ग्रेड ‘ए प्लस’, ८० देखि ८९ सम्म ल्याउनेको ‘ए’ , ७० देखि ७९ अंक ल्याउनेको ‘बी प्लस’, ६० देखि ६९ सम्मको ‘बी’, ५० देखि ५९ अंक ल्याउनेको ‘सी प्लस’, ४० देखि ४९ सम्म अंक ल्याउनेको ‘सी’, ३० देखि ३९ सम्मको ‘डी प्लस’, २० देखि २९अंक ल्याउनेको ‘डी’ र ०  देखि १९ अंक ल्याउनेको ग्रेड ‘इ’ लेखिएको हुन्छ।

कुनै एक विषयमा डी प्सल वा त्यो भन्दा तल ल्याउने विद्यार्थीले माघ २७ गते ‘ग्रेड वृद्धि परीक्षा’ दिन पाउनेछन्।बोर्डले एसइइकै जस्तै नौ समूहमा विभाजन गरेर नतिजा सार्वजनिक गरेको हो ।

बोर्डले एसइइमा जस्तो बिषयत जीपी र एकमुष्ट जीपीए निकालेको छैन। विद्यार्थीले आफ्नो सिम्बोल नम्बरबाट आफ्नो कुन बिषयमा कुन ग्रेड आयो भन्ने मात्रै थाहा पाउने छन्।

बोर्डले गत असार १ गते देखि परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएकोमा ७४ जनाको परीक्षा रद्ध भएको छ भने १ जनाको स्थगित गरिएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा

प्रतिक्रिया दिनुहोस्