Logo

बादशाहकाे घाेडा – कविता



Spread the love

-ज्ञानहरि अर्याल

एक पटक
आज फेरि ऊ आयो
आफै आफ्नो सत्कारको
माला लिएर आयो
बादशाहाकाे पुरानो घोडा आयो

पहिला जस्तो त थिएन ऊ
स्वरूप परिवर्तन थियो
मुखमा गलाम त थिएन तर
बोल्दैनथ्यो ऊ ।

रौँ खुईलेका थिए
केही थिएन पिठ्युँमा तर
थकित देखिन्छ ऊ

बुढो भएर पनि आफ्नै
स्वाभिमान मा बाचेको छ
नाचेको छ बफादारमा कहीँ चुकेको छ‌ैन

मालिकको आदेश अनुसार
अझै पनि हिडिरहेकाे छ
आफ्नो साम्राज्य हेर्नलाई
दुस्मनहरूबाट जोगाउनलाई
बादशाहाकाे पुरानो घोडा


आतुर देखिन्थ्यो किनकि
धेरै समय पछि राज्य फर्केको छ,
बचाउनु छ आफ्नो अस्तित्व
बसाल्नु बस्ती पुरानै राज्यमा

त्यसैले त ऊ आयो
आफै आफ्नो सत्कारको
माला लिएर आयो
बादशाहाकाे पुरानो घोडा आयो

प्रतिक्रिया दिनुहोस्