बागचौर नगरपालिकाको दोस्रो नगर सभा सम्पन्न भएको छ ।
बागचौर नगरपालिकाका नगर प्रमुख ‘मेयर’ लोकमान बुढाथोकीले आर्थिक वर्ष २०७४/०७५ का लागि बिनियोजन गरिएको रकमलाई पार्दशिक रूपले विकासका कार्यमा लगाउन नगरभित्रका वडा अध्यक्षलाई निर्देशन दिएका छन् ।
भ्रष्टाचार नियन्त्रण गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बुढाथोकीले बताए ।
प्रथम नगर सभा र दोस्रो नगर सभा बाट कृषि,उधोग तथा वाणिज्य, पर्यटन, पशु, खानेपानी, शिक्षा, स्वास्थ्य, सरसफाइ,खेलकुद, सामाजिक समाबेशिकरण, संस्कृति प्रबर्द्धन, पूर्वाधार विकास, वातावरण तथा बिपत व्यवस्थापन लगायत दर्जनौँ शीर्षकमा चालू खर्च तर्फ २१ करोड ६६ लाख ९४ हजार ४ सय ३७ रुपैयाँ र पूंजीगत तर्फ २३ करोड २७ लाख ६५ हजार २ सय ६५ रुपैयाँ ६४ पैसा गरेर जम्मा ४४ करोड ९४ लाख ५९ हजार ७ सय २ रुपैयाँ ६४ पैसा रकम बिनियोजन गरिएको छ ।
उक्त बिनियोजन रकम भित्र नगरपालिका स्तरिय रिङ्गरोड,जनकल्याण मा.बि थारमारेको खेल मैदानमा प्याराफिट निर्माण,नगरपालिकाको एम्बुलेन्स खरिद लगायतका दर्जनौँ योजनाहरू परेका छन् ।
एम्बुलेन्स खरिदको लागि १५ लाख बजेट बिनियोजन गरिएको छ ।