Logo

यसरी जाडो मौसममा कुर्कुच्चा फुट्ने समस्याबाट छुटकारा पाउनुहोस्!



Spread the love

चिसो मौसममा हातगोडा फुट्ने समस्याबाट प्राय: सबैजसो नै पीडित हुन्छन् । जाडोमा चिसोको कारण सुख्खापन, छाला फुट्ने जस्ता समस्या देखापर्छन् । यस्ता समस्याले गर्दा हातगोडाको सुन्दरतामा ह्रास आउँछ । त्यतिमात्र होइन चिसो मौसममा छाला कालो हुने, सुन्निने, चिलाउने पनि समस्याहरु देखापर्छन् । यस्ता समस्याहरुबाट बच्न घरेलु विधिहरु प्रयोग गर्न सकिन्छ ।
तातोपानी
चिसो मौसममा राति सुत्नुभन्दा पहिले केही समय आफ्ना हातगोडा तातोपानीमा डुबाउनुपर्छ । त्यसपछि सफा गरेर क्रिम लगाउँदा छाला नरम हुने र फुट्ने समस्या कम हुँदै जान्छ ।
मोस्चराइजर
हातगोडामा नुहाएपछि र राति सुत्नुभन्दा अगाडि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । मोस्चराइजरको सट्टामा तेलको पनि प्रयोग गर्न सकिन्छ ।
जुत्ता
जाडोको समयमा न्यानोको लागि दिनभरी जुत्ता लगाइरहनुपर्ने हुन्छ । त्यसैले सकेसम्म आरामदायी जुत्ताको प्रयोग गर्नु उचित हुन्छ । जुत्ता यस्तो हुनुपर्छ जसबाट हल्का हावा पनि छिर्न सकोस् ।
कागती
गोडाको समस्या हटाउन र त्यसलाई नरम राख्न आधा कागती काटेर धल्ने गर्नुस् । त्यसपछि नुन हालेर तातोपानीमा गोडा डुबाउने गर्नुस् ।
तेल
गोडामा हुने रुख्खापन हटाउनको लागि कहिलेकाँही फुटेर निस्किएको छालालाई कैँचीले काटेर फाल्नुपर्छ । छाला काट्दा धेरै पीडा हुने हुँदा तेलले विस्तारै मालिस गर्नुपर्छ ।
चिनी
एक चियाचम्चा सूर्यमुखी फूलको तेलमा २ चम्चा चिनी हालेर विस्तारै गोडामा मसाज गर्दा गोडामा टाँसिएको धुलो सफा हुने र गोडाका समस्याहरु कम हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्