Logo

सत्यवती गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानका लागि १४ लाख बराबरको सामग्री प्रदान



Spread the love

१२ मंसिर, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले दुग्ध उत्पादक किसानको लागि साम्रागी प्रदान गरेको छ । किसानलाई दुध उत्पादनमा प्रोत्साहन गर्ने उदेश्यले साम्रागी प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र रेग्मीले जानकारी दिएका छन् ।

शुक्रबार एक कार्यक्रमकाबिच वडा नम्वर पाँचमा रहेको सत्यवती दुग्ध सहकारीलाई गाउँपालिकाको तर्फबाट १० लाख २८ हजारको सुरक्षित दुग्ध भण्डारणका लागि चिलिङ्क भ्याट, दुधको गुणस्तर मापन गर्ने मिल्क एनलाइजर, ढुवानीको लागि क्यान, प्रशोधनकका लागि मिल्क पास्चुराइजर जेनेटर र एल्मुनियम ठेकी प्रदान गरिएको हो ।

त्यस्तै, गाउँपालिकाको पहलमा बुटवलमा रहेको नेपाल लाइब स्टक इनभेन्सन आयोजना कार्यालय आयोजना विकेन्द्रितीको सहयोगमा घाँस बनाउने चार लाख बराबरको शाईलेट मेशिन उपलब्ध भएको गाउँपालिकाका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख नारायण खनालले जानकारी दिए ।

त्यसैगरी गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले ‘सत्यवती गाँउपालिकाको मुख्य उद्देश्य गाउँपालिकाकालाई कृषिमा आत्मनिर्भर बनाउने रहेको र गाँउपालिका कृषिमा आत्मनिर्भर भइरहको बताएका छन् ।

छिमेकी स्थानीय तह कालीगण्डकी गाँउपालिका र चन्द्रकोट गाउँपालिकासँग समन्यव गर्दै पोखरा र बुटवलमा दुध निर्यात गर्ने गाँउपालिकाको योजना रहेको उनले उल्लेख गरेका छन् । दुग्ध साम्रगी प्रदान कार्यक्रममा वडा अध्यक्ष तथा गाँउपालिकाका उपाध्यक्ष शुर्वण शाही शेरचन लगायतको सहभागिता रहेको थियो ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्