Logo

गुल्मी दुर्घटना अपडेट – एकै वडाका पाँच जनाको मृत्यु, चार घाइते



Spread the love

१२ मङ्सिर, गुल्मी। गुल्मी इस्मा गाउँपालिका चार हुलमा जिप दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन् । सदरमुकाम तम्घासको लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप हुलको देविस्थान माध्यमिक विद्यालय नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा सोहि वडाका वर्ष ६५ का डमर बहादुर हिताङ, बसन्त दर्लामी , नेपाली सेनामा कार्यरत वर्ष ३३ का शिव दर्लामी , नेपाली सेनामै कार्यरत वर्ष ३३ का धन बहादुर असामी र मालिका गाउँपालिका पाँचका सुन्दरी थापाको मृत्यु भएको वडा अध्यक्ष गङु प्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै, घाईते हुनेहरुमा वर्ष २८ की सरस्वती दर्लामी , वर्ष १९ का परशुराम थापा, चालक वर्ष २४ का बुद्ध बस्नेत र सहचालक वर्ष २३ का कमल हिताङ रहेका छन् । घाइते मध्ये पर्शुराम थापाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको छ । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जिप सडकबाट करिब ४०० मिटर तल खसेको बताइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्