Logo

महिला हिंसा बढेको भन्दै गुल्मीका सिडिओ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र



Spread the love

११ मंसिर, काठमाडाैँ । पछिल्लो समय महिला हिँसाका घटना बढेको भन्दै मेचिमहाकाली बुहारी संयुक्त आवाज गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । बिहीबार गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत मेचि महाकाली बुहारी संयुक्त आवाज गुल्मीका संयोजक कमला परियारको नेतृत्वमा प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

महोत्तरीमा ६ वर्षीया बालिकामाथि भएको बलत्कारको घटनालाई इंगित गर्दै ज्ञापन पत्र बुझाइएको हो । संयुक्त आवाजले बुझाएको ज्ञापन पत्रमा भनिएको छ, ‘‘नेपालको विद्यमान कानुन र प्रशासनिक संरचना व्यवहारमा पिडीतमैत्री देखिएन बरु पीडकमैत्री देखियो । किनभने हरेक हत्या र बलात्कारको घटनामा अपराधीले उन्मुक्ति पाउने र पिडित न्याको लागि सडकमा रुँदै हिड्नु परेको अवस्था छ ।”

त्यसैगरी ‘निमर्ला पन्तका हत्यारा कहाँ छन् ? सुस्मिताको हत्याराहरु पुर्वपक्षको लागि थुनामा छन् । त्यसपछि करुण सम्झाना, गुलाम खातुनले किन ज्यान गुमाए ? यसको उत्तर राज्यसँग हुनै पर्छ।’ भन्ने प्रश्नहरू पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यता प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले पनि ज्ञापनपत्र बुझ्दै ज्ञापनपत्र सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता जनाएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्