Logo

भगवान् श्रीकृष्ण र राधाको प्रेम किन भएन सफल?



Spread the love

कसैको प्रेम सफल भएर विवाहमा परिणत हुन्छ भने कसैको आधा अधुरै रहन्छ। मिलन र बिछोड प्रकृतिको खेल भन्ने बुझ्दा फरक नपर्ला । मानिसहरुको प्रेम सफल हुने बित्तिकै हामी वाह ! कस्तो प्रेम राधा-कृष्णको जोडीजस्तो लगायतका शब्दबाट तारिफ गर्छौ । तर, राधा र कृष्णबीच अत्यन्तै निकट प्रेम भए पनि विवाह भने हुन सकेन । किन भएन त भगवान् श्रीकृष्ण र राधाको प्रेम सफल?
श्राप
पृथ्वीमा आउनु भन्दा अगाडि राधाको श्रीकृष्णकी सेविकासँग बहस भएको थियो । जसका कारण श्रीकृष्णकी सेविकालाई राधाले राक्षसरुपमा पैदा हुने श्राप दिइन् । श्रीदामाले पनि राधालाई उनी मानवरुपमा जन्मिएका बेला आफ्ना प्रियतमसँग १०० वर्षको लागि बिछोड हुने श्राप दिएकी थिइन् ।
राधाको इन्कार
राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन् । किनकी उनी एक ग्वाली थिइन् । तर, मानिसहरु श्रीकृष्णलाई कोही राजकुमारीसँग विवाह भएको हेर्न चाहान्थे । श्रीकृष्णले राधालाई सम्झाउन धेरै कोशिस गरे तर, राधा आफ्नो दृढताबाट पछि सरिनन् ।
समाजका कारण
उनीहरुको प्रेमका बीच पनि सामाजिक नियम बाधक बन्यो । राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमीले उनीहरुको विवाहको अनुमति दिएन ।
प्रेम र विवाह दुई फरक कुरा
भनिन्छ, भगवान् श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् उनी यो साबित गर्न चाहान्थे कि प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो ।
स्रोत – धार्मिक ग्रन्थ

प्रतिक्रिया दिनुहोस्