Logo

निशान र अर्जुनको नयाँ गीत ‘तिमीलाई देखेपछि माया पलायो’ (भिडियोमा)



Spread the love

काठमाडौं । ‘नेपाल आइडल’बाट एकाएक चर्चामा आएका युवा गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘तिमीलाई देखेपछि माया पलायो’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको छ ।

भिडियोको मुख्य भूमिकामा भरत सुवेदी र डा.शमिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । उक्त भिडियोमा युवायुवतीको भेटपछि हुने प्रेमलाई प्रस्तुत गर्न खोजिएको छ । अमेरिकाका विभिन्न स्थानमा यो भिडियोको छायांकन गरिएको छ ।

गायक भट्टराईले आफुले गाएका गीतमा मन परेका गीत मध्ये यो गीत पनि एक रहेको बताए । संगीतकार पोखरेलले यो गीतबाट आफुले निकै आशा गरेको बताए ।

निलकण्ठ सुवेदीको शब्द रहेको गीतमा चर्चित गायक तथा संगीतकार अर्जुन पोखरेलको संगीत भरेका छन् । बिनोद अधिकारीद्वारा छायाँकन गरेको भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । भिडियोलाई सुरेश दर्पण पोखरेलले  निर्देशनमा गरेका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्