Logo

अब मालिका गाउँपालिकामा हरेक दिन घुम्टि हाटबजार सञ्चालन हुने



Spread the love

७ मंसिर, गुल्मी । गुल्मीको मालिका गाँउपालिकाले हरेक दिन घुम्टि हाटबजार सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका आठ वटा वडा मध्ये हरेक दिन कुनै एक वडामा हाटबजार सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।

कृषीउपजसँगै घरेलु पशुपंक्षी उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले घुम्टि हाटबजार सञ्चानलमा ल्याउन लागिएको गाउँपालिकाले जनाएको छ ।

घुम्टि हाटबजारले किसानलाई कृषीउपज उत्पादनमा प्रेरित गर्ने र उत्पादित वस्तुको बजारीकरणमा टेवा पुग्ने गाउँपालिकाको अपेक्षा रहेको छ । साथै, घुम्टि हाटबजारको माध्यमबाट किसान र उपभोक्ताबिच प्रत्यक्ष सम्पर्क हुने हुदाँ किसान र उपभोक्ता नठगिने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर ६ का वडा अध्यक्ष शोभाखर गिरीले सल्लेरी खबरलाई बताए ।

त्यस्तै, गाउँपालिकाले किसानका लागि आवश्यक सहयोग गर्ने र आवश्यक परेको खण्डमा किसानका लागि कृषी एम्बुलेन्स खरिद गर्ने जनाएको छ ।

मंसिर १४ गते देखि लागु हुने गरी गाउँपालिकाको वडा नं–२ दर्लिङ्गको दह, सोमबार वडा नं ३ ह्वाङ्दीको औरास्ने डाडा, मंगलबार वडा नं–४ अर्खावाङ्गको ठुलिचौर हाटबजार, बुधवार वडा नं–५ हिलेको सागबारी र छापको जमपोखरा, बिहिबार वडा नं–७ घमिरको ठाटी, शुक्रबार वडा नं–६ अर्जैको पोखरावारी र शनिबार वडा नं–१ नेटाको जैसिपोखरा तथा वडा नं–८ मरभुङ्गको सिमलटारीमा घुम्टि हाटबजार सञ्चालन हुनेछ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्