Logo

जाडो छल्नका हिटरको प्रयोग गर्दै हुनुहुन्छ? यी कुरामा ध्यान दिनुहोस् !



Spread the love

जाडो मौसम सुरु भएसंगै धेरैले घर, कार्यालयमा हिटरको प्रयोग गर्ने गर्छन् । तर, धेरै जसो ठाँउमा हिटरको प्रयोग गर्न नजान्दा दुखदायी घटना समेत ब्यहोर्नु परेको छ ।

जाडो छल्नका लागि झ्याल-ढोका बन्द गरी आगो ताप्ने वा हिटरको प्रयोग गर्नु स्वास्थ्यका दृष्टिकोणले घातक रहेको चिकित्सकहरु बताउछन् । हिटर प्रयोग गर्नै परेमा यी कुरामा ध्यान पुर्याउ।
हावाको ओसिलोपना सोस्छ
जब तपाईं हिटर खोल्नुहुन्छ, तब यसले तपाईंको वातावरणमा भएको ओसिलो हावालाई सोसिदिन्छ ।
निसासिने गराउँछ
श्वास प्रश्वासको समस्या भएकाहरुलाई हिटरले स्वास फेर्न अप्ठयारो बनाउन सक्छ । हिटर प्रयोग गर्दा झ्याँलहरु खुल्ला राख्नुहोस् ।
चोटपटक लाग्न सक्छ
जब तपाईं हिटरमा धेरै लामो समयसम्म बस्नुहुन्छ, तब तपाईंको शरीरको अंग जल्ने तथा चोटपटक लाग्ने सम्भावना हुनसक्छ ।
बटम लाइन
हिटर प्रयोग गरिसकेपछि यसलाई टर्न अफ गर्न नबिर्सनुहोस् । यसको माथि कुनै पनि वस्तु नराख्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्