Logo

बीएडको परीक्षा होम सेन्टर मै, यी हुन् काठमाडाैँका सेन्टरहरू(परीक्षा तालिका सहित)



Spread the love

का काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बीएड प्रथम र छैठौं सेमेस्टरको परीक्षा सम्बन्धित क्याम्पसमै हुने भएको छ । त्रिभुवन विश्वविद्यालय, शिक्षा संकाय, परीक्षा नियन्त्रण महाशाखाले काठमाडौं उपत्यका बाहिर ‘होम सेन्टर’मा परीक्षा सञ्चालन गर्न लागेको हो ।

ताहचालस्थित महेन्द्ररत्न क्याम्पस, कुलेश्वरस्थित जनमैत्री क्याम्पस र भक्तपुरस्थित सानोठिमी क्याम्पसलाई काठमाडौं उपत्यकाका लागि केन्द्र तोकिएको छ । बीएड प्रथम सेमेस्टरको १७ पुस र छैठौं सेमेस्टरको परीक्षा २० पुसदेखि सुरू हुने भएको छ ।

त्यस्तै, एमएड दोस्रो सेमेस्टरको परीक्षा ३० मंसिरबाट सुरू हुँदैछ । एमएडपरीक्षा केन्द्र केही दिनमा निर्धारण हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्