Logo

जान्नुहोस् भ्याक्सिन कसरी बन्छ ? के-के चाहिन्छ ?



Spread the love

४ मंसिर, एजेन्सी । कोरोना भाइरसको सुरूवातसँगै यसको महामारीले विश्व आक्रान्त छ । एक वर्ष पुरा हुँदा कोरोना भाइरसको प्रकोप झनझन बढ्दै गइरहेको छ ।

सुरूवाती चरणमा कोरोना भाइरस म्युटेशन भएर अन्त्य हुने वैज्ञानिहरूको अनुमान थियो । तर, म्युटेशन हुने छाँटकाँछ छैन । अब अन्तिम विकल्प भ्याक्सिन नै हो भन्ने लगभग निश्चित छ । कोरोना भाइरसको भ्याक्सिनबारे धेरै चर्चा पनि भइरहेको छ ।

तर, भ्याक्सिन निर्माण के के तत्वको आवश्यकता पर्छ यसबारे भने सबैलाई थाहा नहुन सक्छ ।

  • भ्याक्सिन निर्माणका लागि सार्कको कलेजोको तेल आवश्यक पर्छ । फ्लु विरूद्धको भ्याक्सिन बनाउँदा सार्क माछाको कलेजोको तेल अत्यावश्यक हो ।
  • क्विलाज जातका रूखको बोक्रा पनि भ्याक्सिन बनाउन चाहिने अत्यावश्यक तत्वमध्ये एक हो । यो रूखको बोक्रामा मानिसको प्रतिरक्षा प्रणाली वृद्धि गर्ने क्षमता हुन्छ भन्ने बताइन्छ ।
  • भ्याक्सिन राख्नका लागि प्रयोग हुने शिशा बोरोसिलिकेट ग्लासबाट बनेका हुन्छन् । बनिसकेको तरल पदार्थ राख्न यस्तो शिशा अत्यन्तै आवश्यक पर्छ ।

तर, अहिले संसारमा भ्याक्सिन बनाउन चाहिने तत्वको निरन्तर कमी हुँदै गएको भन्दै वैज्ञानिकहरूले चिन्ता प्रकट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्