Logo

पत्नीलाई मन्त्री बनाउन कांग्रेस सभापति सक्रिय



Spread the love

 

sher-bahadur-deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्नी आरजु देउवालाई परराष्ट्रमन्त्री बनाउन लागि परेका छन् ।
सुरुमा माओवादीले परराष्ट्र मन्त्रालय आफूले लिएर राम कार्कीलाई पठाउन लागेको थियो। तर, कांग्रेसले आफूले पाउनु पर्ने दाबी नछोडेपछी प्रधानमन्त्री प्रचण्ड पछाडि हटेका हुन् ।
प्रचण्डले कांग्रेसबाटै बनाउने भए शेखर कोइरालालाई बनाउनु पर्ने अडान लिएका छन् ।
पहिला गिरिजाप्रसाद कोइरालाले आफ्नी छोरी सुजाता कोइरालालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउँदा देउवा प्यानलका नेताहरूले परिवारवाद भन्दै चर्को विरोध गरेका थिए ।

अहिले देउवाले पनि यही बाटोमा अगाडी बढे उनको पनि विरोध गर्नु पर्ने पक्षमा उनकै प्यानलका नेताहरू समेत छन् ।

प्रतिक्रिया दिनुहोस्