Logo

विश्वको दोस्रो महंगो खेलाडी बनाएर बार्सिलोनाले कोटिन्होलाई भित्र्याए, कति दिए ? हेर्नुहोस्



Spread the love

ब्राजिलका चर्चित प्ले मेकर फिलिपे कोटिन्होलाई स्पेनिस क्लब एफसी बार्सिलोनाले भित्र्याएको छ । लिभरपुल २५ वर्षीय कोटिन्होलाई बार्सिलोना १४५ मिलियन पाउन्डमा किनेको हो। कोटिन्होसँग साढे पाँच वर्षका लागि ४ सय मिलियन युरो ९३५५ मिलियन पाउन्डको सम्झौता गरेको छ ।

कोटिन्हो खरिद विक्रीका क्रममा इङ्लिस क्लब लिभरपुल र बार्सिलोनाबीच शनिबार अपरान्ह सम्झौता भएको हो । नेमार १८९ मिलियन पाउन्डमा फा्रन्सेली क्लब पिएसजी गएपछि उनको विकल्पमा बार्सिलोनाले कोटिन्होलाई भित्र्याउन सफल भएको हो ।

यो सँगै कोटिन्हो विश्वकै महंगा खेलाडीको सूचीमा दोस्रो नम्बरमा दर्ता भएका छन् । यसअघि ब्राजिलियन नेमार १८९ मिलियनमा पिएसजी पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्