Logo

एक महिनाकी सुत्केरी तीन दिनदेखि नवजात शिशुसहित प्रहरीको हिरासतमा



Spread the love

गुल्मी। जिल्ला प्रहरी कार्यालय गुल्मीले बहुविवाहको उजुरीमा एक महिनाकी सुत्केरीसँगै नवजात शिशुलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर सात वाग्लकी २८ वर्षीय रमिता भुसाललाई बहुविवाहको मुद्रामा प्रहरीले शनिवार बुटवलबाट उनका श्रीमान् र नवजात शिशुलाई पक्राउ गरेको जनाएको छ ।

एक वर्ष अघि सोही वडाका ३३ वर्षीय मनिराम घिमिरेसँग रमिताले बिहे गरेतापनि उनकी जेठी श्रीमती कुमारी शर्मा घिमिरेले सन्तान जन्मि सकेपछि मात्रै उजुरी दिएकी हुन् ।

रमिता भुसाल विगत चार दिनदेखी गुल्मी प्रहरीको हिरासतमा छन् भने प्रहरीले अनुसन्धान चलिरहेको जनाएको छ ।
शल्यक्रियामार्फत सन्तान जन्माएकी भुसालले तम्घासको चिसोका कारण आफ्नो र नवजात शिशुको स्वास्थ्यबारे सञ्चार माध्यमसंग चिन्ता व्यक्त गरिन् ।

सुत्केरी भएको करिब एक महिना भएका कारण रगत बगिरहेको उनको गुनासो रहेको छ । साथै, उनका श्रीमान् मनिराम घिमिरेसंग दोस्रो विवाह हो भन्ने कुरा आफूलाई थाहा नभएको बताइन् ।

आफन्तजनले जिम्मा लिएर प्रहरीकै निगरानीमा घरमै राखेर सुत्केरी र शिशुको हेरचाह गछौं भन्दा प्रहरीले नमानेको उनका जेठाजु सालिकराम घिमिरेले बताए ।

सुत्केरीको स्वास्थ्यको ख्याल गदै दिउँसोमा घाम ताप्न र उचित हेरचाह भने गरिएको छ । हिरासतमा लिएको नागरिकलाई प्रकिया पुराएर मात्रै छोड्न मिल्ने बताउँदै सुत्केरीको स्वास्थ्यको ख्याल गदै अदालतबाट छिटै टुङ्गाउने गुल्मीका प्रहरी प्रमुख प्रवीणलाल श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्