Logo

हैदराबादलाई हराउँदै पहिलो पटक दिल्ली क्यापिटल्स फाइनलमा



Spread the love

एजेन्सी। दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भएको छ । आइतबार राती भएको दोस्रो क्वालिफायर दिल्लीले सनराइजर्स हैदराबादलाई १७ रनले हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो ।

जितका लागि १ सय ९० रनको बलियो विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ७२ रनमै समेटियो । हैदराबादका मध्यक्रमका केन विलियम्सनले ४५ बलमा ५ चौका र ४ छक्का सहित सर्वाधिक ६७ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् ।

हैदराबादको पारी धरासायी बनाउन रबाडाले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट हात पारे । मार्कस स्टोइनिसले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिदा अक्षर पटेलले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिले ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । ओपनर शिखर धवन ५० बलको सामना गर्दै सर्वाधिक ७८ रनको योगदान दिए । शिम्रन हेटमायर २२ बलमा अबिजित ४२ रन जोडे । त्यस्तै, मार्कस स्टोइनिस ३८ रन बनाए।

राशिद खानले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिए । जेसन होल्डरले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

मंगलबार उपाधिको लागि दिल्लीले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा मुम्बई इन्डियन्ससँग भिड्दै छ ।

प्रतिक्रिया दिनुहोस्