काठमाडौं। कलाकार, निर्देशक निर्मल शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गराएको कोरोना पिसिआर टेष्टमा रिपोट पोजेटिभ आएको शर्माले सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
एक दिन सामान्य ज्वरो आएको बाहेक कुनै लक्षण देखा नपरेको बताए।
शर्माले आफूसँग सम्पर्कमा आएका सबैलाई समेत सचेत रहन र लक्षण देखापरे टेष्ट गराएर सुरक्षित रहन अनुरोध समेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्