Logo

हैदराबादले फाइनल प्रवेशका लागि दिल्ली क्यापिटल्ससँग भिड्ने



Spread the love

एजेन्सी। सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती भएको एलिमिनेटर खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बेंगलोरलाई ६ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको हो ।

हैदराबादले फाइनल प्रवेशको लागि आइतबार दिल्ली क्यापिटल्ससँग भिड्ने छ ।

जितका लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले १९.४ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । होल्डर २० बलमा ३ चौका सहित २४ रनमा अविजित रहे । केन विलियम्सन ४४ बलमा २ चौका र २ छक्का सहित ५० रनमा अविजित रहँदै क्वालिफायरमा स्थान पक्का गरे ।

बेंगलोरका मोहम्मद शिराजले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । एडम जाम्पा र युजभेन्द्र चहलले एक एक विकेट लिए ।

त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३१ रन बनाएको थियो । बेंगलोरका एबी डिभिलियर्सले ४३ बलमा ५ चौका सहित सर्वाधिक ५६ रनको योगदान दिएपनि जितको लागि पर्याप्त भएन ।

प्रतिक्रिया दिनुहोस्