Logo

४ पटकको च्याम्पियनलाई हराउँदै फाइनलमा पुग्ने अवसर दिल्लीलाई, मौका पाउलान् त सन्दिपले ?



Spread the love

एजेन्सी। जारी इन्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्ससंग भिड्दैछ ।दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार ७: ४५ बाट सुरु हुनेछ ।

चार पटकको च्याम्पियन मुम्बईलाई हराउँदै दिल्ली आइपिएल इतिहासमा पहिलो पटक फाइनलमा पुग्ने रणनीतिको साथ मैदान उत्रनेछ ।

मुम्बईले १४ खेलमा १८ अंकका साथ शीर्ष स्थानमा लिग चरण अन्त्य गरेको थियो ।भने दिल्लीले १४ खेलमा १६ अंक सहित दोस्रो स्थानमा रहदै क्वालिफायर खेलेको हो ।

मौका पाउलान् त सन्दिपले आज?
यसअघि लिग चरणका सबै खेलमा बेन्चमा बसेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले मुम्बईविरुद्ध पनि बेन्चमै बस्ने सम्भावना रहेको छ । सन्दीपलाई खेलाउँदा दिल्लीको सन्तुल केहि कमजोर बन्न पुग्छ ।

प्रतिक्रिया दिनुहोस्