एजेन्सी। सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा पुगेको छ । यूएईमा जारी अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले पराजित गर्दै हैदराबाद प्ले अफमा पुगेको हो ।
मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट पुरा गरेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।
हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतिक्रिया दिनुहोस्