हिजो पन्चायतकालमा जनताहरू बन्चित थिए, उनीहरूले आफ्नो पिडाहरू लुकाएर बस्नु पर्ने स्थिति थियो । ती पिडा राजनितिकदलका भावना विद्यार्थी मार्फत आन्दोलन गरी राज्य लाई दबाब दिइन्थ्यो । आज त्यस्तो पसिस्थिती छैन जनता सचेत भैसकेका छन् ।आफ्ना अधिकारको लागि जनताले आन्दोलन गर्ने वातावरण निर्माण भएको छ अब विद्यार्थी ले पेट्रोलियम पदार्थको मूल्य बिर्दि हुँदा आन्दोलन गर्ने होइन त्यो आन्दोलन उधोगी व्यापारी गाडी मालिक गाडी स्टाफ र जनताले गर्ने हो ।
प्रदेश राजधानी यो ठाउँमा चाइयो भनेर विद्यार्थीले होइन त्यहाँका स्थानीय जनताले गर्ने हो । विद्यार्थीले अब यस्तो आन्दोलन गर्नुपर्छ ।
1.लाखौँ लाख शैक्षिक बेरोजगार युवा हरुलाइ रोजगार को ।
2. व्याबारिक र सीप मुलुक शिक्षाको लागि ।
3. वैदेशिक रोजगार बन्द गरी स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्ने ।
4. हरेक विद्यार्थी लाई समान तहमा समान किसिमको शुल्क निर्धारण गर्ने ।
5.निःशुल्क र वैज्ञानिक शिक्षाको लागि आन्दोलन गर्ने ।
6.सबै जिल्ला हरुमा बिधालय तह देखिनै व्यबसाहिक शिक्षा सञ्चालन गर्न दबाब दिने ।
7. बिना धितोआफ्नो प्रमाण पत्र राखेर ऋण लिने ब्याबस्था सहजीकरण गर्ने यसलाई कार्यन्यन गर्ने ।
8 .निजी बिधालय कलेज हरुलाइ सरकारी करण गर्ने ।
9.हरेक प्रदेश मा एउटा एउटा व्याबसाहिक विश्व बिधालय स्थापनाको लागि दबाब दिने । जस्ता धेरै आन्दोलन गर्नु पर्ने देखिएको छ ।
लेखक टेकराज रेग्मी ´विमल ´ अध्यक्ष अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस