Logo

कर्णाली प्रदेशको मन्त्रिमण्डल हेरफेर हुँदै, ओली निकटलाई हटाएर नेपाल पक्षलाई मन्त्री बनाउदै



Spread the love

१६ कार्तिक, काठमाडौं। कर्णाली प्रदेशको आज मन्त्रिमण्डल हेरफेर हुँदैछ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफुबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने नेकपा अध्यक्ष केपी ओली निकट मन्त्रीलाई हटाएर माधव नेपाल निकटलाई मन्त्री बनाउन लागेका हुन् ।

सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी गरेका छन् ।

उनिहरुको स्थानमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई जिम्मेवारी दिने तयारी गरेका हुन् ।

रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्