Logo

हैदराबादको प्ले अफमा पुग्ने सम्भावना कायमै, बेङ्ग्लोर पराजित



Spread the love

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईको सारजाहमा बेङ्ग्लोरले दिएको १ सय २१ रनको लक्ष्य हैदराबादले १४ ओभर १ बलमा मात्र ५ विकेटको नोक्सानीमा भेटायो । हैदराबादको जितमा रिद्धिमान शाहले ३९ र मनिस पाण्डेले २६ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ थालेको बेङ्ग्लोरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २० रन बनाएको थियो ।

बेङ्ग्लोरका लागि जोस फिलिपेले ३२, एबी डी भिलियर्सले २४ रन जोडे ।

जितसँगै हैदराबाद तालिकाको चौंथो स्थानमा उक्लिएको छ । हैदराबादले प्ले अफ पुग्ने सम्भावना कायम राखेको छ ।

बेङ्ग्लोरलाई प्ले अफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्